२४ घण्टामा उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४०२, भक्तपुरमा ३४ र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै, शुक्रबार नेपालमा थप १ हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

अहिलेसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार शुक्रबार १ हजार २७१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १६७४ पुगेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.