काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध देशभर व्यापक रूपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वानसमेत गरेको छ ।
यस्तै बैठकमा मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध गरिएको छ । दोषीलाई कडा कार्वाही गर्न माग गरिएको बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ ।
व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’ साथै हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपिल गरेका छन् ।












Facebook Comments