सिद्धबाबाले सफाइ पाएपछि प्रधानन्यायधीश भेट्न पुगिन पीडित महिला

काठमाडौं । जिल्ला अदालत, सुनसरीले बलात्कारकाे आराेप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएपछि पीडित महिला प्रधानन्यायाधीशसामू पुगेकी छन् ।

जिल्ला अदालतले सिद्धबाबालाई सफाइ दिएपछि आफूमाथि अन्याय भएको भन्दै पीडित महिलाले मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्न सर्वोच्च अदालत पुगेकी हुन् ।

स्राेतका अनुसार आफ्ना श्रीमानलाई लिएर सर्वोच्च अदालत पुगेकी उनले प्रधानन्यायाधीशलाई भेट गर्न नपाएपछि उनको सचिवालयमा गुनासो सुनाएर फर्केकी छिन् ।

त्यसपछि उनी महान्यायाधिवक्ताको कार्यालयमा पनि पुगेकी थिइन् । तर, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल कार्यालयमा नभएकाले भेट्न पाइनन् । जिल्लाको फैसलाप्रति महान्यायाधिवक्ताको कार्यालयले पनि गम्भीर असहमति देखाएको छ ।

सर्वोच्च स्रोतका अनुसार मंगलबार नै महान्यायाधिवक्ता खरेल आफ्नो टिमसहित प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए ।

सर्वोच्चका ५/७ जना न्यायाधीशसहित भएको भेटमा खरेलले फैसलामा नभई प्रक्रियामै प्रश्न उठाएको स्रोतले जानकारी दियाे ।

Facebook Comments