सेयर बजारमा सर्किट ब्रेक, कारोबार बन्द

काठमाडौं । सेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएको छ। २ बजेर १४ मिनेटमा सेयर बजार ६ प्रतिशतले घटेपछि आइतबारका लागि कारोबार बन्द भएको हो।

२०५१ बाट सुरु भए लगत्तै बजार ओरालो लागेको थियो। २ बजेपछि तीव्र ओरालो लाग्दा तोकिएको समयसम्म कारोबार हुन पाएन।

बजारको नियमित कारोबार ११ बजे सुरु भएर ३ बजेसम्म हुन्छ। आइतबार परिसूचक १२३ अंकले घटेको छ। तर कारोबार भने ७ अर्ब २० करोडभन्दा बढी भएको छ।

घटेको बजार १९३२.११ अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ अंकमा सिमित भएको छ।

Facebook Comments