श्रीमतीकाे मृत्यु भएको २४ घण्टा बित्न नपाउदै श्रीमानकाे पनि मृत्यु

काठमाडाैं । इलामकाे फाकफोक थुम गाउँपालिका–४ मा श्रीमतीकाे मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानकाे पनि मृत्यु भएको छ।

मंसिर ८ गते स्वास्थ्यमा समस्या देखिएपछि पतिलाई विराटनगरको नोबेल अस्पतालमा भ्यान्टिलेटरमा राखिएको थियो। उनमा ८ गते नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य सामान्य हुँदै गएपछि १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि पुनः श्वास प्रश्वासमा समस्या र मुटुको धड्कन अनियन्त्रित हुँदै गएको अस्पतालले उनकी पत्नीलाई जानकराी दिएको थियो।

पतिको स्वास्थ्य स्थितिबारे थाहा पाएपछि अफ्ठयारो महसुस गरेकी उनकी पत्नीलाई सोमबार अस्पताल पुर्‍याउने बितिकै मृत्यु भएको नेकपा फाकफोकथुमका अध्यक्ष दिपेन्द्र खनालले जानकारी दिए।

मृतक पुरुषको १५ गते गरिएको परीक्षणको रिपोर्ट भने आइनसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए। मृतक पुरुष इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसका कर्मचारीसमेत हुन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.