पञ्चायत र कम्युनिस्ट उस्तै देखिए : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वकाे सरकारले कम्युनिस्ट अधिनायकवाद लाद्न खोजेकाे आराेप लगाएका छन् ।

नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले कम्युनिस्ट अधिनायकवाद लाद्न खोजिएको छ, उनले भने,’ पञ्चायत र कम्युनिष्ट उस्तै देखिएका छन्।’

देशमा लोकतन्त्र सानो दुःखले नआएको भन्दै कुनै पनि नाममा राजतन्त्र नफर्कने दावी गरे । ईश्वर वा कसैको नाममा प्रतिगमन हुन सक्दैन, ‘ उनले भने,’ ।

राजतन्त्रका पक्षमा भएको आन्दोलनप्रति लक्षित गर्दै उनले यसले राजतन्त्र फर्काउन नसक्ने बताए। उनले लोकतन्त्र जोगाउने र परिष्कृत गर्ने आन्दोलन आवश्यक रहेको भन्दै त्यो तनहुँबाट सुरू गर्ने बताए ।

पौडेलले कांग्रेसको शासनमा नै धेरै विकास भएको दावी गर्दै अहिले सरकारले विकासमा जस लिन खोजेको जिकिर गरे। नेता पौडेलले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने बाएका छन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.