काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर ९० हजार ५०० रुपैयाँमा करोबार भइरहेकाे छ ।
यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार १५० रुपैयाँमा कारोबार भइरहेकाे छ।




Facebook Comments