घरको छतबाट खसेर एकको मृत्यु

काठमाडौं । कञ्चनपुरको कृष्णपुरमा घरकाे छटबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका-५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए ।

घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.