अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन मन्त्रालयको रोक

काठमाडौं । लोक सेवा आयाेगकाे तयारी कक्षामा पढाउन अनुमति लिनुपर्ने भएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको हाे ।

मन्त्रालयले निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आयोग वा अन्य निकायबाट हुने प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षा चलाउने निजी इन्स्टिच्युटमा बिना अनुमति पढाउन मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयले आइतवार निकालेको विज्ञप्तिअनुसार राजपत्रांकित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कार्यरत कर्मचारीले मन्त्रिपरिषद् र अन्य कर्मचारीले मन्त्रालयको स्वीकृति नलिइ पढाउन पाउने छैनन् ।

यसअघि कुनै मन्त्रालय वा निकायबाट उल्लिखित प्रयोजनका लागि कुनै कर्मचारीलाई स्वीकृति दिइएको भएमा ती सबै आजकै मितिदेखि निष्क्रिय हुनेसमेत मन्त्रालय विज्ञप्ति निकालेर जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.