कर्मचारीमा कोरोना देखिएपछि पोखरा महानगरको सेवा एक साता स्थगित

कास्की । कर्मचमरीमा कोरोना संक्रमण देएिपछि पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा एक साताको लागि स्थगन गरिएको छ ।

महानगरपालिकाले आज एक सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यकबाहेकका सेवा यही मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाइ कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ कर्मचारी कोभिड-१९ संक्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए ।

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.