पदभार सम्हालेको साढे २ घण्टामै मन्त्रीले दिए राजीनामा

एजेन्सी । बिहारका शिक्षामन्त्री मेवालाल चौधरीले पदभार ग्रहण गरेको साढे २ घण्टामै राजीनामा दिएका छन् ।

उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । उनको यो राजीनामा स्वीकृत गरिएको छ । राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए ।

मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरेलगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ ।

मेवालाललाई सन् २०१० मा बिहार कृषि विश्वविद्यालयको कूलपति हुँदा आर्थिक घोटाला लगायतका अन्य आरोप लागेको थियो ।

Facebook Comments