स्थानीयले भारतकाे बाटाे प्रयाेग गर्दा डाेल्पा जिल्ला काेराेनाकाे जाेखिममा

काठमाडाैँ । डोल्पा जिल्लाको उत्तरी भागले चीनसँग आफ्नो सिमाना साझा गरेको छ तर त्यहाँ वैधानिक रूपमा संचालन गरिएको कुनै चेक पोस्ट छैन।

जाडोमा अत्यधिक हिउँ परेको कारण माथिल्लो डोल्पा जिल्लाका बासिन्दाहरू अस्थायी आश्रयको लागि तल्लो डोल्पा जिल्ला आइपुग्छ्न । तर तल्लो डोल्पा आउनका लागि डोल्पाका बासिन्दाहरू प्रायः भारत भएर आउनु पर्छ । यसले जिल्लामा कोविड संक्रमण बढाउन सक्छ।

पछिल्लो समयमा कोरोना भाइरसको बढ्दो जोखिमबाट नागरिकलाई बचाउन पुर्व सर्तकताको लागि डोल्पा जिल्लालाई एक सातासम्मको लागि सिल गरिएकाे थियाे । यसैगरि सीमा नाकाहरु सिल गर्नुका साथै नागरिकको परिक्षणको दायरालाई विस्तार गर्दै लैजाने निर्णय भएकोले यस अघिको बन्दाबन्दी र सीमा नाका सिलमा सहयोग गरेझै यस पटक पनि सबै नागरिक जनप्रतिनिधिले जोखिम न्युनीकरण र रोकथामको लागि अत्यवश्यक कामको सिलसिलामा बाहिर निस्कदा अनिवार्य रुपमा मास्क र सेनिटाइजरको प्रयोग गर्न समेत सबैमा आग्रह गरिएको छ।

त्यसैले पीसीआर र नेपाल सरकारको कोविड प्रोटोकल डोल्पा जिल्लामा लागू गराउन अति आवश्यक रहेकाे छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.