नि:शुल्क उपचारबारेकाे फैसला पुनरावलोकन गर्न आवश्यक नभएकाे सर्वोच्चकाे ठहर

काठमाडौं । सर्वोच्च अदालतले यसअघी कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न दिएको आदेश नै कार्यान्वयन हुने भएको छ ।

सरकारले यो आदेश पुनरावलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेसँग पुरानै आदेश कार्यान्वयन गर्नुपर्ने भएको हो।

न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो।

सर्वोच्चले यसअघि नै कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएको भएपनि सरकारले त्यसको अवज्ञा गरेको थियो ।

आदेश अवज्ञा गरेको मुद्दा सर्वोच्चमा परेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.