भारतीय सेना प्रमुख नरवणेद्वारा वसन्तपुर स्क्वायरको अवलोकन

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे र उनकी श्रीमती विना नरवणेसहित वसन्तपुर स्क्वायरको अवलोकन गरेका छन् ।

इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे दम्पतीले कुमारीको दर्शन गर्नुका साथै वसन्तपुर स्क्वायरको  समते अवलोकन गरेका नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुख नरवणेलाई भोलि राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमको बीच राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाको मानाथ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधामन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यसूची रहेको छ ।

सीमा विवादलाई लिएर नेपाल भारतबीच सम्बन्ध चिसिएको बेला र नेपालको राजनीति तरल अवस्थामा रहेको बेला नरवणेको नेपाल भ्रमण भएको हो ।

Facebook Comments