खुलामञ्चमा रोकिएन निःशुल्क खाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको चेतावनीका बाबजुद हाम्रो टिम नेपाल नामक संस्थाले मंगलबार बिहान पनि खुलामञ्चमा निःशुल्क खाना खुवाएको छ ।

खुलामञ्चमा खाना खुवाउँदा अशोभनीय देखिएको भन्दै महानगरपालिकाले निःशुल्क खाना खुवाउने काम बन्द गर्न चेतावनी दिएको छ ।

तर रोजगारी गुमाएर हातमुख जोर्न समस्या भएकाहरुलाई सरकारले विकल्प नदिएसम्म आफूहरुको काम जारी रहने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले बताए ।

कोरोना संक्रमणबाट जोगिन भन्दै सरकारले ७ महिना लामो लकडाउन गर्दा रोजगारी गुमाएका र गरिब तथा असहायलाई हाम्रो टिम नेपालले बिहानमा र हन्ड्रेड ग्रुप नामको संस्थाले साँझको खाना निःशुल्क खुवाउँदै आएका छन् ।

Facebook Comments