लेनदेनकाे स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि ! : पूर्वमन्त्री बाँस्कोटा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गोकुल प्रसाद बाँस्कोटाले पार्टी एकता लेनदेनमा अडेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेकपा नेता बाँस्काेटाले सामाजिक सञ्जाल ट्विटरमार्फत लेनदेन र स्वार्थमा पार्टी एकता अडेको बताएका हुन्।

सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको संकट उत्पन्न नभएकाले अर्को सम्झौतापछि समस्या समाधान हुने उनको तर्क छ ।

‘सिद्धान्त र सङ्गठनात्मक प्रणाली सहितको सङ्कट उत्पन्न भएको भए पो सङ्कट मान्नु’, उनले भनेका छन्, ‘लेनदेनको ब्यापारिक स्वार्थमा अडेको एकता अर्को सम्झौतापछि समाधान भइहाल्छ नि! बेकारको हल्ला।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.