जर्मनीमा कोरोना संक्रमितको संख्या ५ लाख नाघ्यो

coronavirus-thumb-img

एजेन्सी । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ । जर्मनीको स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

जर्मनीमा कोरोना संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् ।

कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । यहाँ गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ४५२ पुगेका छ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्न थालेपछि कतिपय क्षेत्रमा निषेधाज्ञा समेत लागू गरिएको छ ।

Facebook Comments