इन्स्पेक्टर तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे छ ।

इन्सपेक्टर तिमिल्सिनाले विभिन्न मितिमा गरी ९ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा कैद भुक्तानको लागि पेश गरेका थिए । साथै उनले डलर साट्ने बहानामा ठगी गर्ने समुह पक्राउ गरेका थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयले उनले गरेको कामकाे मूल्यांकनमा आधारमा उत्कृष्ट प्रहरी घाेषणा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुदीप गिरीले जानकारी दिए ।

तिमिल्सिनाले आफ्नो इलाकाको शान्ति सुरक्षा व्यवस्था कायम राखी विभिन्न अपराधीक घटनाहरूको सफल अनुसन्धानलगायत कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरी जनशक्तिलाई प्रभावकारी रुपमा परिचालन गरी जिम्मेवारी निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ अनुसार छनोट समिति गठन गरेर हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न थालेको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.