देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा नयाँ दिल्लीमा रहेको नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जानकारी दिए ।

नेपाली सञ्चार माध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको उनको दाबी छ । यस्तै उनले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको पनि जानकारी दिए ।

उत्तराखण्ड बाल अधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले माफी माग्नुका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता जनाएको पनि परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताए ।

अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ । उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको पनि जानकारी दिए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.