काेराेनाबाट एकैदिन २६ जनाकाे मृत्यु

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन २६ जनाकाे मृत्यु भएकाे छ ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७९१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यस्तै नेपालमा आज थप ५ हजार ७४३ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको मन्त्रालयले जनाएकाे छ ।

यस्तै बितेको २४ घण्टामा २ हजार ९९६ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् ।

याेसँगै हालसम्म निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

Facebook Comments