‘बलात्कारी संगठन’ नामकाे फेसबुक सञ्चालक पक्राउ

काठमाडौं। फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा ग्रुप बनाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माथागढी-१ पाल्पाका अभिषेक नेपाल रहेको नेपाल प्रहरीकाे साइबर ब्यूरोले जनाएको छ ।

रेपर एसोसियसनको नाममा बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील तथा आपत्तिजनक सामग्री पोस्ट र कमेन्ट गर्ने लगायतका कार्य भइरहेको गुनासो आएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

ब्यूरोले गत शुक्रबार प्युठान झिम्रुक गाउँपालिका-७ घर भई हाल कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नवीन बस्नेतलाई पक्राउ गरेको थियो ।

Facebook Comments