कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य बनेकाेप्रति चिकित्सक संघद्वारा चिन्ता व्यक्त

काठमाडौं । नेपाल चिकित्सिक संघले काेराेना भाइरस (कोभिड–१९) को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन लागेकाे भन्दै चिन्ता व्यक्त गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकालगायत देशभरी काेराेना संक्रमितको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको उल्लेख छ।

संघले ननकोभिडका बिरामीहरुले उपचार गराउन समेत कठिनाई उत्पन्न भइरहेको गम्भीर परिस्थितिप्रति सरकार संवेदनशील हुन र अबिलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न जरुरी भइसकेको औंल्याएको छ ।

‘सम्पूर्ण नागरिकहरुको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवं कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आइसियू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधीहरुको सहज उपलब्ध गराउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’, संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.