किशोरी बलात्कार आरोपमा होटेल व्यवसायी पक्राउ

जनकपुर । प्रहरीले जनकपुरधामका एक होटेल व्यवसायीलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेकाे छ ।

बिहिबार जेसिएफ होटेल सञ्चालक प्रमोद यादवलाई यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

कक्षा ९ मा अध्यनरत एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित बेंगा शिवपुर बस्ने अन्दाजी ३८ वर्षीय यादवलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

किशोरीले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादवसहित ३ जनाविरुद्ध उजुरी दिएकी थिइन् । पक्राउ परेका आरोपित यादवमाथि थप अनुसन्धान भइरहेको मिश्रले जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.