काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न प्रस्ताव गरेका छन् ।
बुढीगण्डकीमा ९ अर्ब अनियमितता प्रकरणमा प्रतिक्रिया दिँदै उनले अधिकार सम्पन्न जनलोकपाल गठन गरेर सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न प्रस्ताव गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका हुन् ।
डा. भट्टराईले गत विहिबार गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब अनियमितता गरेको दावी गरेपछि नेकपाले आज व्यक्तव्य निकालेर दिएको चुनौतीको जवाफ दिदै आफ्नो प्रतिक्रिया दिएका हुन् ।
साथै डा. भट्टराईले जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन् ।
Facebook Comments