२५ लाखकाे चिठ्ठा पर्‍यो भन्दै ठगी गर्ने पक्राउ

सुनसरी । प्रहरीले सामाजिक सञ्जाल मार्फत ठगी गरेकाे अभियोगमा एक जनालाई पक्राउ गरेकाे छ ।

सामाजिक सञ्जाल ईमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्‍यो भनी नगद रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा नगरपालिका-१२ बस्ने २४ वर्षीय अरबिन्द्र कुमार कामतीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएकाे हाे ।

उनले शनिबार राति ईटहरि उपमहानगरपालिका-२ बस्ने २५ वर्षीय एक जनालाई ईमोबाट फोन गरी “तपाईँ २०२० को ईमो लट्री विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो” भन्दै नेपाल सरकारलाई टयाक्स बुझाउन भनि आईएमईबाट नगद पठाउन भनेका थिए।

आफ्नो नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ  दिनुपर्ने भयो भनेर पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

कामतीलाई आइतबार रकम झिकेर हिँडिरहेको अवस्थामा सिरहामा फेला पारी पक्राउ गरी जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.