फरार प्रतिवादी पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय रोल्पाले हत्या गरि फरार भएका एकजनालाई पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका-११ कटाँहा का ५१ वर्षीय टेकबहादुर केसी रहेका प्रहरीले जनाएकाे छ ।

२०६१ साल चैत २९ गते केसीविरुद्ध सर्वाेच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए ।

फरार प्रतिवादीलाई खोजी गर्ने क्रममा असोज २३ गते रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित रोल्पा सिमेन्ट उद्योगबाट केसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।

फरार प्रतिवादी केसीले सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिए ।

रोल्पावाट दाङ ल्याएर प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेशअनुसार तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएकाे छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.