शेयर कारोबार दोहोरो अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ ।

कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १० करोड ६ लाख ५८ हजार ११७ बराबरको कारोबार भयो ।

यस्तै अपि पावर कम्पनी रु १० करोड दुई लाख ५३ हजार ६६५, अरुण भ्याली हाइड्रोपावर रु नौ करोड ६९ लाख ४१ हजार ४७६, सानीमा माई हाइड्रोपावर रु सात करोड ६४ लाख ६५ हजार ८२९, अरुण काबेली पावर रु सात करोड ४२ लाख ५० हजार ४२, हिमाल दोलखा हाइड्रोपावर रु सात करोड आठ लाख ६५ हजार ४२४ र कामना सेवा विकास बैंकको रु छ करोड ७४ लाख ४१ हजार ३८७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आइसिएफसी फाइनान्स ९.८२, रिडी हाइड्रोपावर ८.४२, जानकी फाइनान्स ६.५१ , श्री इन्भेस्टमेन्ट कम्पनी ६.०६, रिलायन्स फाइनान्स ५.९५ र सबैको लघुवित्तका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाए ।

त्यस्तै, अपि पावर कम्पनी ७.१४, खानीखोला हाइड्रोपावर ६.६७, दिव्यश्वरी हाइड्रोपावर ६.११, पञ्चकन्या माई हाइड्रो ६.१०, नेपाल फाइनान्स छ र आँखुखोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतले गुमाए । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.