काठमाडौं । हत्या गरेर फरार भएका अभियुक्त सुवास सनुारलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका-९ बाट २२ वर्षीय सुनारलाई पक्राउ गरेको हो ।
आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ ।
सुवास २०६९ साल कात्तिक आठ उनले स्थानीय मंगलबहादुर तामाङका १८ वर्षीय छोरा एन्जल तामाङमाथि कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेका थिए ।
Facebook Comments