श्रद्धा र रणबीर पहिलोपटक दम्पतीकाे भूमिका निर्वाह गर्दै

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर पहिलोपटक एउटै फिल्ममा काम गर्ने भएका छन् ।

पछिल्लो समय चर्चामा रहेको लव रंजनको आगामी फिल्ममा रणवीर र श्रद्धाको जोडी देखिने भएको हो ।

लव रंजनले रणवीरको अपोजिटमा श्रद्धा कपूरको नाम फाइनल गरेका हुन् ।

लव रंजनले एक रोमान्टिक कमेडी फिल्म बनाउन लागेका हुन् । फिल्मको नाम भने सार्वजनिक गरिएको छैन ।

रणवीरका आगामी फिल्म ‘शमशेरा’ र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा छन् ।

Facebook Comments