प्रधानमन्त्रीलाई खुलापत्र, ‘हिजोआज आफैलाई डर र लाज लाग्न थाल्यो’

काठमाडौं । अभिनेत्री ऋचा शर्माले आजभोलि आफैलाई लाज लाग्न थालेको बताएकी छिन् ।

दिनप्रतिदिन बढिरहेको बलात्कारजन्य घटनापछि आफूलाई एउटा नारी भएकाले हिजोआज आफैलाई लाग लाग्नुका साथै डरसमेत लाग्न लागेको बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत् एक खुलापत्र लेख्दै उनले भनेकी छिन्, “एउटा अभिनेत्रीबाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ।”

उनले ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेरे आउने गरेको भन्दै आफूलाई पनि भोलिको दिनमा छोरी जन्मिएला कि भन्ने डर लाग्ने गरेको बताइन्।

दिनहुँ स–साना नाबालकाहरूलाई पनि बलात्कार गर्ने भक्षकहरू खुलेआम हिँड्ने गरेको उनको भनाइ छ। बलात्कार गर्नेलाई सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरू बिताएको देख्दा एउटा नारी भन्न पनि लाज लाग्न थालेको बताइन्।

आदरणीय प्रधानमन्त्री ज्यू,

एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ ।

मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि,यो देश र यहाँको कानूनले केहि नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ ।

दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ । जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।

यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!

निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

 

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.