कांग्रेसको प्रश्न : डा. केसीलाई ‘कात्रो’ पठाउने हो ?

काठमाडौं । नेपाली कांग्रेसले अनशनरत डा. गोविन्द केसीका मागप्रति सरकार गम्भीर नदेखिएकाे भन्दै आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै डा. केसीसँग सरकारले वार्ता नगरेको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा प्रवक्ता शर्माले प्रश्न गर्दै भनेका छन्, ‘डा.केसीसँग कुरै नगर्ने बरु कात्रो पठाउने तयारी हो ?’

विज्ञप्तिमा डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको तर बालुवाटारले बालहठ गरेको भन्दै आपत्ति जनाइएको छ । शर्माले केसीका जाजय आवाजलाई सम्बोधन नगरेर भुल नगर्न सरकारलाई चुनौतिसमेत दिएका छन् ।

‘डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महंगो पर्नेछ प्रधानमन्त्रीज्यू’, विज्ञप्तिमा भनिएको छ, ‘ हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ ।

 

Facebook Comments