भारतमा कोरोना संक्रमण दर घट्दै

काठमाडौं- भारतमा कोरोना संक्रमण दर घट्दै जान थालेको छ ।

तीन साताअघि एकै दिन एक लाख हाराहारी संक्रमित थपिएको भारतमा पछिल्ला केही दिनयता संक्रमण दर घट्दै जान थालेको हो ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार अक्टोबर १ बाट भारतमा कोरोना संक्रमण र मृत्यु दर घट्दो क्रममा छ । अक्टोबर १ मा २४ घण्टामा ८६ हजार ८२१ जनामा संक्रमण देखिएको यो संख्या औषतमा ७५ हजार हाराहारीमा झरेको छ ।

भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सेप्टेम्बर १७ मा ९७ हजार ८९७ जनामा संक्रमण भएको थियो ।

विश्वमा दोस्रो धेरै संक्रमित भएको मुलुक भारतमा बुधबार बिहानसम्म ६७ लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।

Facebook Comments