झारफुक गर्ने बहानामा बलात्कार, २७ वर्षीय पुरूष पक्राउ

बर्दिया । ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाकाे खैरी कन्चनपुर महाकाली नगरपालिका-८ घर भएका २७ वर्षीय जयबहादुर सुनार रहेका प्रहरीले जनाएकाे छ ।

असोज १४ गते सुनारले महिलालाई झारफुक गर्ने क्रममा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई सोमबार राति पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

Facebook Comments