बेवारिसे अवस्थामा बच्चालाई जंगलमा छाडेको आरोपमा दुई जना पक्राउ

सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले बेवारिसे अवस्थामा जंगलमा बच्चा फालेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

शारदा नगरपालिका-२ मैसेपानी नजिकै जंगलमा बेवारिसे अवस्थामा बच्चा फालेको आरोपमा बच्चाकी आमा शारदा नगरपालिका-३ की ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका-२ पानीखोलाका ३८ वर्षीय दानबहादुर भण्डारीलाई सोमबार दिउँसो पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

दुवै जनालाई जिल्ला प्रहरीको हिरासत कक्षमा राखेर कारबाही प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण ओलीले बताए ।

पक्राउमा परेका पुरुष विवाहित भएका र महिलाले श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेको प्रहरीले जनाएकाे छ।

Facebook Comments