काठमाडौं । तातोपानी नाका आइतबारबाट सञ्चालनमा आएको छ। कोरोना भाइरसकाे संक्रमणका कारण चीनले नेपालसँगको सबै सीमा नाकाहरु बन्द गरेपछि बन्द रहेकाे ताताेपानी नाका आइतबारबाट पुनः सञ्चालनमा आएकाे हाे ।
महिनौंसम्म नाका बन्द रहँदा व्यापारीहरुले सामान आयात गर्न सकेका थिएनन्। नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल र चीनको संयुक्त प्रयासमा तातोपानी नाका खुलेको बताएकी छिन्।
उनले तातोपानी र रसुवा नाकाको सञ्चालनबाट नेपाललाई आवश्यक सामान आयात गर्न सजिलो हुने बताएकी छिन्। स्वास्थ्य मापदण्ड पालना गर्दै दैनिक निश्चित संख्यामा कन्टेनर यो नाकाबाट आउनेछन् । राजदूत यान्छीले आउनै लागेको दशैंको समेत शुभकामना दिएकी छिन्।
I'm glad to hear that Zhangmu(Tatopani) Port has been finally reopened today with joint efforts of China&Nepal! Both Zhangmu(Tatopani) and Jilong(Rasuwa) Ports will work to help ensure the supply of daily necessities in Nepal. May my Nepali friends have a happy Dashain Festival! pic.twitter.com/tSzpG2MSf4
— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 4, 2020
Facebook Comments