मापसे गरेर डिउटीमा खटिएका प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ

भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर चाँगुनारायणण नगरपालिका-१ सरस्वतीखेल बस्ने ३६ वर्षीय सुदन रोक्का रहेका छन् ।

उनीहरूले डिउटीमा खटिएको प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीकाे दावी छ । शनिबार राति मध्यपुर ठिमी नगरपालिका-७ सिद्धिकालीबाट उनीहरुलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट डिउटीमा खटिएको प्रहरीलाई उनीहरुले मादक पदार्थ सेवन गरी हातपात गरी अभद्र व्यवहार गरेका थिए । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments