काठमाडौं । महानगरीय अपराध महाशाखाले बाघको छालासहित ४ जनालाई पक्राउ गरेको छ ।
महाशाखाको टोलीले स्वयम्भूस्थित होटल प्लाजामा ६० लाखमा बेच्नेगरी ल्याएर राखिएको पाटे बाघको छालासहित धादिको गल्छी गाउँपालिकाका टेकबहादुर तामाङ, सुजन थिङ, आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिकाका सानुकान्छा थिङलाई पक्राउ गरेको हाे ।
धादिङबाट टेकबहादुर तामाङले नगद ३५ लाख रुपैयाँमा छाला खरिद गरी ल्याएको र उक्त पैसा स्थानीय अर्को व्यक्तिले लगानी गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
बाघकाे छाला उनीहरुले ६० लाखमा बेच्न खोजेको र पैसाले दशैं मनाउने मनशायले प्रलोभनमा परेको खुलेको कार्कीले बताए । अन्य व्यक्तिहरुको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments