धनुषामा अप्राकृतिक मैथुन गरी ५ वर्षीय बालकको हत्या, भिनाजु पक्राउ

जनकपुर । ५ वर्षीय सालाेलाई अप्राकृतिक मैथुन गरी हत्या आरोपमा भिनाजु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाको सवैला नगरपालिका–७ भठिहनका २२ वर्षीय रामबहादुर सदालाई पक्राउ गरेकाे हाे ।

धनुषाधाम नगरपालिका–७ स्थित किसानपुर बस्ने रामेश्वर सदाका सालो ५ वर्षीय रुपेश सदाको अप्राकृतिक मैथुनपछि हत्या गरेको आरोपमा रामबहादुरलाई पक्राउ गरिएको प्रवक्ता तथा डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

गत असोज १५ गतेदेखि बेपत्ता भएका रुपेशको शव शुक्रबार धनुषाधामस्थित कृषि इँटा उद्योगको परिसरभित्र पानी जमेको खाल्डोको डिलमा पात पतिङ्गरले छोपिएको अवस्था भेटिएको थियो ।

अनुसन्धानको क्रममा माछा मार्ने नाममा पोखरीतर्फ लगि अप्राकृतिक मैथुन गरेर रामबहादुरले सालो रुपेशको हत्या गरेको स्वीकारेको प्रवक्ता मिश्रले बताए । सालो रुपेशलाई रामबहादुरले विस्कुट, चकलेटको प्रलोभन दिई माछा मार्ने बाहानामा पोखरीतर्फ लगि अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ ।

रुपेश अप्राकृतिक मैथुनकै क्रममा बेहोस भएपछि भिनाजु रामबहादुरले घाँटीमा रुपेशले लगाएको कन्दनीले बेरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए । आरोपित रामबहादुरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments