धनगढीबाट ९ जना जुवाडे पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ९ जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूबाट ७५ हजार, २ सय १० रूपैयाँ नगद र २ बुक ताससमेत बरामद गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका २ बाट शनिबार राती जुवातास खेलिरहेको अवस्थामा ९ जुवाडेलाई पक्राउ गरेको हो ।

बोगटी चोकस्थित एक घरमा जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे थियाे । थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

Facebook Comments