११ लाख रुपैयाँ र युवतीसहित सिंचाई आयोजनाका प्रमुख पक्राउ

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकाली सिंचाई आयोजनाका निर्देशक प्रचण्डदेव बिष्टलाई पक्राउ गरेकाे छ ।

उनलाई सुन्धारा काठमाडौंको एक होटलबाट १ लाख रुपैया र एक युवतीसहित बुधवार राति ११ बजे पक्राउ गरिएकाे महानगरीय प्रहरी बृत्त (जनसेवा) का प्रमुख डिएसपी सुनिलजंग शाहले जानकारी दिए ।

सुन्धारास्थित इसन होटलमा राति होहल्ला भैरहेको स्थानीयले गुनासो गरेपछि जनसेवाको टोली त्यहाँ पुगेको थियो । ‘हामी पुग्दा उहाँ युवतीसहित मदिरा सेवन गरी लठ्ठ भएको अवस्थामा भेट्टायौं,’ शाहले भने, ‘झोला जाँच गर्दा ११ लाख रुपैयाँ फेला पर्यो । उहाँले त्यो रकम डिजीलगायतलाई दिन ल्याएको बताउनु भयो ।’

अश्वभाविक रुपमा ठूलो रकम फेला पारेपछि प्रहरीले अख्तियारमा खबर गरेको थियो। आयोगको टोलीले ११ लाख रुपैयासहित बिष्ट र युवतीलाई नियन्त्रणमा लिएको थियो। युवतीलाई बिहीवार बिहान छाडेपनि बिष्टलाई भने अख्तियारको हिरासतमा राखेको छ ।

Facebook Comments