काठमाडाैं । हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । सुनसरीको इटहरी नगरपालिका ४ की आरती परियारकाे ललितपुरको चापागाउँमा २०७२ साल वैशाख १५ गते हत्या भएको थियो ।
उनको हत्यामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार सिराहको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुराका रविकुमार यादवलाई पक्राउ गरेको हो। महाशाखाका प्रवक्ता एसपी इश्वर कार्कीका अनुसार उनलाई मैतीदेविबाट पक्राउ गरिएको हो।
२४ वर्षीय यादवले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ । घटनापछि उनी भारतको बैङ्लोर बस्दै आएका थिए। केही दिन पहिले काठमाडौं आएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको एसपी कार्कीले बताए । थप अनुसन्धान तथा कारबाहीका लागि यादवलाई चापागाउँ प्रहरी वृत्तमा पठाइएको छ।
Facebook Comments