करेन्ट लागेर मृत्यु

ओखलढुंगा । ओखलढुंगामा विद्युत मर्मत गर्दा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मोलुङ हाइड्रो अन्र्तगतको प्रशारण लाइनमा मर्मत गर्दा विद्युत कर्मचारीको मृत्यु भएको हो ।

२८ वर्षीय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी रुपेश खड्काले जानकारी दिए ।

करेन्ट कसरी लाग्यो भन्ने एकिन नभएको र विद्युत कार्यालयमा बुझ्दा लाइन काटिएको जानकारी दिएको खड्काको भनाइ छ ।

मृतक कन्ट्रयाकका कामदार भएको बताइएको छ । घटनाबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ।

Facebook Comments