१५ जना भारतीय पक्राउ

मोरङ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द भए पनि भारतीयहरू लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन ।

सशस्त्र प्रहरी बल बीओपी रानीले विराटनगर–१७ इश्लामपुर स्थित सीमा नाकाबाट १५ जना भारतीय नागरिक लुकीछिपी नेपाल प्रवेश गरेपछि उनीहरूलाई पक्राउ गरेको छ ।

सरकारले तोकेको भन्दा बाहेकको नाकाबाट नेपाल प्रवेश गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी बल बीओपी रानी विराटनगरले जनाएको छ ।

सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकरभिट्टा र इलामको पशुपती नगरको नाकाबाट मात्र आवतजावत गर्न दिने निर्णय गरेको छ ।

Facebook Comments