‘मह जोडी’ले ल्याए दैनिक संवादमा आफ्नै नयाँ भाइबर स्टिकरहरु, यसरी प्रयोग गर्नुस्

काठमाडौं । बहुचर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक सुरु गरेका छन् । ‘मह जोडी’ नामले परिचित नेपाली हाँस्य क्षेत्रका प्रसिद्ध जोडी एवं धराेहरले सुरू गरेका स्टिकरहरुमा उनीहरुद्वारा अभिनीत टेलि शृँखलाको लोकप्रिय पात्रहरु जस्तैः मदनबहादुर हरिबहादुर, ढलमती र बनपालेको चरित्रलाई प्रतिबिम्बित गरिएका छन् ।

यो स्टिकर प्याकले मह जोडीका केही स्थापित, लोकप्रिय संवादहरु विभिन्न स्टिकरहरुद्वारा व्यक्त गर्दछ । अब यी जोडीका फ्यानहरुले आफ्ना भावनाहरुलाई मह जोडीको शैलीमा व्यक्त गर्न सक्नेछन् ।

मदनकृष्ण र हरिवंश नेपालको मनोरञ्जन क्षेत्रमा एक चिरपरिचित घरेलु नाम हो । यो जोडी पहिलो पटक वि.सं.२०३० सालमा रङ्गमञ्चमा एकसाथ देखा परेको थियो । त्यस समयदेखि आजसम्म पनि यस जोडीको यात्रा कायमै छ र नेपालीहरुले यो जोडीलाई अत्यन्त सम्मानित नजरले हेर्ने गर्दछन् ।

मह जोडीले सदैव आफ्नो प्रहसनलाई जनचेतना अभिवृद्धि गर्ने कार्यमा केन्द्रित गराउँदै आएका छन् र उनीहरु विभिन्न सामाजिक गतिविधिहरुका साथै राजनीतिक स्वतन्त्रता क्र्रान्तिमा समेत संलग्न हुँदै आइरहेका छन् । यो जोडी नेपाली टिभी र चलचित्र उद्योगको सबैभन्दा सफल टेलिसिरीयल तथा देशभक्ति चलचित्रहरूको हिस्सा पनि रहेको छ ।

भाइबरमा आफ्नो नयाँ कम्युनिटी र स्टिकर प्याक शुभारम्भका अवसरमा मन्तव्य व्यक्त गर्दै उनीहरुले भने, “हामी मनोरञ्जन प्रदान गर्न र अरुलाई हँसाउन मन पराउँछौं र हाम्रा फ्यानहरुको दैनिक संवादमा केही हाँसो ल्याउन हाम्रो लागि यो एक अत्यन्त उपयुक्त माध्यम बनेको छ । अब उनीहरुले हाम्रो स्टिकरहरुको प्रयोग गरेर आफ्नो भावना व्यक्त गर्न सक्नेछन् । यसले हामीलाई निकै उत्साहित तुल्याएको छ । हामीलाई यस्तो अवसर प्रदान गरेकोमा र हाम्रा फ्यानहरुलाई यसभन्दा अघि नभएको मज्जा प्रदान गरिदिएकोमा हामी भाइबर प्रति अति नै कृतज्ञ छौं ।”

भाइबरमा लोकप्रिय हाँस्य कलाकार जोडीको कम्युनिटी हुनु भनेको उनीहरुको प्रशंसकहरुका लागि कलाकारहरुको पर्दा पछाडिको जिन्दगीको एक झलक प्राप्त गर्ने सही गन्तव्य हो । साथै यसले प्रशंसकहरुलाई प्रिय कलाकारसँग अन्तक्र्रिया गर्ने, सन्देश, प्रतिक्रियाहरु प्रेषित गर्ने र मह जोडीको अद्यावधिकहरु उनीहरु स्वयम्बाट पाउने पहिलो फ्यान हुने मौका पनि दिलाउन सक्छ ।

मह जोडी स्टिकर यो लिंकमा क्लिक गरेर डाउनलोड गर्न सकिनेछ । : https://vb.me/mahajodistickers

Facebook Comments