सुनगोहोरो बेच्न काठमाडौं आएका २ जना पक्राउ

काठमाडाैं । महानगरीय प्रहरी वृत्त, बौद्धले दुर्लभ वन्यजन्तु सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने रामेछापकाे गोकुलगंगा गाँउपालिका-६ का २१ वर्षीय विशाल तामाङ र १९ वर्षीय सुभाष तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूले सुनगोहोरो जस्तो देखिने दुर्लभ वन्यजन्तुको विक्री वितरण गर्न चकलेटकाे बट्टामा लुकाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

उनीहरूबाट १.५ इन्च लामो जिउँदो सुनगोहोरो समेत बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न बौद्धमा ल्याइएको थियो ।

साथै, अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय काठमाडौंसँग समेत समन्वय गरी वन कार्यालय पठाउने व्यवस्था गरेको महानगरीय प्रहरी परिसर, एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

बौद्धका डिएसपी नविन कार्कीका अनुसार उनीहरूले सुनगोहोरो रामेछापबाट समातेर ल्याएका थिए। ‘उनीहरूलाई १५ लाखको डिल आएपछि काठमाडौं ल्याएर बेच्न लागेका रहेछन्,’डिएसपी कार्कीले भने। उनीहरूमाथि वन कार्यालयले थप अनुसन्धान गरिरहको छ।

ताजा अपडेट

मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । उनले रक्षा र परराष्ट्र मन्त्रालय आफैंसँग राखेका छन् । त्यस्तै उपप्रधानमन्त्री विष्णु पौडेललाई...

चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कुर्सीका लागि नभई देशको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउनुपर्ने बेला भएकाले सवैको...

चीनको क्रिप्टोकरेन्सी आक्रमणले विदेशिँदै कम्पनीहरु

बेइजिंग । बिटकोइन माइनरहरुले बेइजिंगको नयाँ क्रिप्टोकरेन्सी आक्रमणले चीनबाहिर काम गर्न खोजीरहेका छन् । विश्वको बिट्कोइन माइनिंगमध्ये दुई तिहाइ रहेको चीनमा पछिल्लो समय भने...

त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा कहिलेदेखि हुन्छ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक...

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता...

रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

रौतहट । रौतहटको मौलापुर नगरपालिकाको नगरसभामा झडप भएको छ । मौलापुर नगरपालिकाको बिहीबारको नगरसभालाई बिथोल्न विपक्षी समूहले ढुंगामुढा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको छ...

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा काका पक्राउ

तनहुँ । भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको...

बलात्कारको प्रतिकार गर्दा घाँटी थिचेर हत्या, युट्युबमा भाइरल सन्तोषीको हत्या आरोपी सार्वजनिक

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा युट्युवमा भाइरल महिला सन्तोषी सुब्बाको हत्या आरोपमा पक्राउ परेका सुरेश तिमल्सिनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । महानगरीय अपराध महाशाखाले...

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४...

चर्चित