कोरोना संक्रमित कैदीको मृत्यु : संरक्षण गर्न नसक्दा शव सडेकाे अस्पतालकाे दावी

काठमाडौं । केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका रामलखन जैसवालकाे मृत्यु शंकास्पद भएकाे भन्दै वीर अस्पतालमा तनाब सृजना भएकाे छ।  लामो समयदेखि पार्किन्सनबाट ग्रसित जैसवाललाई वीर अस्पतालका चिकित्सकले  गत शनिबार मृत घोषित गरेका हुन् ।

कारागारमा ठूलो संख्यामा कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण देखिएकाले अस्पतालले पिसीआर परीक्षण गर्दा रिपोर्ट सोमबार पोजेटिभ आएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।

त्यसपछि प्रशासनले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ मा रहेको परिवारलाई खबर गरेकाे थियाे । भैरहवाबाट जैसवालकी पत्नी, छोरी वीर अस्पताल आइपुगे । तर जैसवाललाई कोरोना पुष्टि भइसकेकाले अस्पताल प्रशासनले परिवारका सदस्यहरुलाई शव हेर्न दिएन । छोरी जबरजस्ती शव गृहमा प्रवेश गर्दा शवमा फोकाहरु देखिए, आँखा छेऊ रगत पनि देखियो । यसलाई परिवारले शंकास्पद मानेको छ ।

यसैबीच वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले जैसवालको शव धेरै दिन राखिएकाले गलेर त्यस्तो देखिएको बताएका छन् । शवलाई प्रिजर्भ (संरक्षण गरेर) राख्ने ठाउँ नभएकाले त्यत्तिकै छोपेर राखिएको उनकाे भनाइ छ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेल पनि घटनामा शंका गर्नुपर्ने आधार नभएको बताएका छन् ।यद्यपि परिवारलाई चित्त नबुझे थप छानविनको बाटो समेत रहेको उनले बताए ।

पूर्ववडाध्यक्ष समेत रहेका जैसवाल २९ वैशाख २०६९ सालदेखि कैद जीवन विताइरहेका छन् । अझै ११ वर्ष सजाय भुक्तान गर्न बाँकी रहेको बाँस्कोटा बताउँछन् ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.