जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न राष्ट्रपतिको आग्रह

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पहिरोको जोखिममा रहेका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह गरेकी छन् ।

सो जिल्लामा केहि समययता निरन्तर पहिरोबाट जनधनको ठूलो क्षति भइरहेपछि राष्ट्रप्रमुख भण्डारीबाट सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको हो। सिन्धुपाल्चोकको बाह्रबिसेमा गतराति पहिरो जाँदा कयौं स्थानीयवासीको ज्यान गएको छ।

आइतबार साँझसम्म सो ठाउँमा पहिरोबाट मृत्यु हुने ११ जनाको शव फेला परेको छ भने थप २० जना अझै वेपत्ता छन्। ‘२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ।

त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु,’ सामाजिक सञ्जाल ट्विटमार्फत् राष्ट्रपतिको भनाइ आएको छ, ‘भौगोलिक सम्वेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.