रूपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४५ हजार घुस मागेको आरोपमा वडाअध्यक्षलाई पक्राउ गरेकाे छ । अख्तियार बुटवलको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका-२ का वडाअध्यक्ष सरोजकुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हाे ।
एक सहकारी संस्थालाई अनुदान रकम प्रदान गर्नमा सहयोग गर्ने भन्दै ४५ हजार रुपैयाँ घुस मागेको र २० हजार रुपैयाँ घुस लिइसकेको प्रमाणको आधारमा वडाअध्यक्ष पाण्डेयलाई नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।
Facebook Comments