छाेरी बलात्कारकाे अभियोगमा बुबा पक्राउ

काठमाडौं । ७ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बुबा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे । परिचय खुल्ने भएकाले उनकाे नाम गाेप्य राखिएकाे छ ।

आफ्नै छोरीलाई पटक-पटक बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments