काठमाडौं । राैटहटमा पुजारी हत्या गरेकाे अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा रामनरेश पटेल र बालकुमार पटेललाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर रौतहट ल्याइएको हो । हाल पक्राउ परेको दुवै जनाले अभियोग भने स्वीकारिसकेका छैनन् ।
Facebook Comments